+
+
Shares

गगनलाई शुभकामना दिंदै विश्वप्रकाशले भने – यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ८:०४

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिंदै यो यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताएका छन् ।

शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बताएका छन् । ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन ! हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्‍याउनु छ देशलाई’, शर्माले फेसबुकमा लेखेका छन्, ‘अफ्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले । जोड्नु छ भिन्न मत र मनहरू ।’

उनले इतिहासप्रति इमानदार रहँदै विगतका गौरवलाई पछ्याउन र कमजोरी सच्याउनुपर्नेमा पनि जोड दिएका छन् । देशको समुन्नति सम्भव तुल्याउनुपर्ने भन्दै उनले ‘सक्नुपर्छ र सक्नेछौँ’ भन्ने विश्वास व्यक्त गरेका छन् ।

गगनलाई अपार विश्वास र दृढ साथसहित आफू उभिएको तथा आफूहरू लामबद्ध रहेको उल्लेख गर्दै शर्माले लेखेका छन्, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’

१५‌औं महाधिवेशनबाट गगन थापा आज बिहान मात्रै सभापति निर्वाचित भएका हुन् । मतदान भएका अन्य पदाधिकारीहरुको मतगणना भने आज दिउँसोदेखि मात्रै सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?