News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सीसी क्यामेराको निगरानीमा भइरहेको छ ।
- ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका छन् र सभापतिमा ३९ मत बदर भएको छ ।
- सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै सभापति पदको मतगणना भइरहेको छ ।
अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको हो । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।
७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
जसमध्ये सभापति पदमा कूल ४३ मत बदर भएको छ । अहिले जम्मा मत गणना भइरहेको छ ।
कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।
मतगणना स्थलमा सीसी क्यामेरा जडान पनि गरिएको छ ।
मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4