News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा भइरहेको मतदानमा साँझ ४:३० बजेसम्म ४ हजार ५७५ मत खसेको छ।
- मतदानका लागि यसअघि साँझ ५ बजेसम्म तोकिएको समय ७ बजेसम्म थपिएको छ।
- बागमती प्रदेशमा १ हजार ६३, मधेसमा ७९०, लुम्बिनीमा ७००, गण्डकीमा ६५१, कर्णाली र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिमबाट ४५० मत खसेको छ।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा साँझ ४:३० बजेसम्म प्राप्त विवरणअनुसार ४ हजार ५७५ मत खसेको छ। मतदानका लागि यसअघि तोकिएको समय साँझ ५ बजेलाई बढाएर ७ बजेसम्म पुर्याइएको छ।
साँझ ४:३० बजेसम्मको विवरणअनुसार बागमती प्रदेशमा १ हजार ६३, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ। त्यस्तै, कर्णाली र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको छ।
कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ। सबै प्रदेश तथा समूहको विवरण जोड्दा कुल ४ हजार ५७५ मत खसेको छ। गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्नेमा ६५१ मत खसेको विवरण प्राप्त भएको छ।
मतदानको समय थपिएसँगै बाँकी प्रतिनिधिले पनि मतदान गर्न पाउने भएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ।
प्रतिक्रिया 4