+
+
Shares

कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २२:२०

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ । दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो मात्रै मतदान सकिएको हो ।

आज बिहानैदेखि सुरु भएको मतदानको समय पहिले दिउँसो ३ बजेसम्म निर्धारण गरिएको थियो । तर, त्यो समयमा नसकिने छाँट देखिएपछि निर्वाचन समिति थप दुई घण्टा गरेर ५ बजेसम्म निर्धारण गरेको थियो ।

पहिलो पटक थपिएको समयमा पनि नसकिएपछि राति ७ बजेसम्म थप समय कायम गरिएको थियो ।

७ बजेपछि भने निर्वाचन समितिले लाइनमा लागेका प्रतिनिधिलाई मतदान गर्ने भनेको थियो । जसअनुसार अहिले राति १० बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।

अहिले मतदान सकिएर मतपेटिका सिलबन्दी गर्ने काम चलिरहेको छ ।

यसअघि अहिले राति नै सभापति पदको मतगणना सुरु गर्ने भनिएको थियो । तर, मतदानमै अबेर भइसकेकाले बाँकी प्रक्रिया पूरा गरेर मतगणना गर्न सकिने वा नसकिने भन्नेमा निर्वाचन समिति अन्योल देखिएको थियो ।

केहीबेरअघि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदान जारी रहेको भन्दै मतगणनाबारे अन्योलता रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?