तस्वीर : मिडिया सेन्टर सदस्य महेश गौतम
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतदानको गणना राष्ट्रिय सभागृहमा सुरु गर्ने तयारी गरिएको छ ।
- खुलामञ्चबाट सभापति पदका मतपेटिका सभागृहमा ल्याइएका छन् ।
- अविरल वर्षाका कारण राति १० बजे सकिएको मतदानपछि मतपेटिका संकलनमा ढिलाइ भएको थियो ।
- निर्वाचन समितिले मतगणनाका लागि तीन स्थान तोकेर सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाएको छ ।
२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु गर्ने तयारी गरिएको छ ।
सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुन लागेको हो । अहिले खुलामञ्चबाट सभापति पदको मतपेटिकाहरू सभागृहमा ल्याइएको छ ।
राति १० बजे नै मतदान सकिए पनि अविरल परेको वर्षाको कारण मतपेटिका संकलनमा ढिलाइ भएको थियो ।
मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान पनि गरिएको छ ।
मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4