+
+
Shares

कांग्रेस महाधिवेशन : ७ हजार ३९ जनाले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ ।
  • ७ हजार ३ सय १७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
  • मतदान सकिएपछि मतपेटिका संकलन भइरहेको छ, र मतगणना आजै सुरु गर्नेबारे निर्क्यौल भएको छैन ।

२३ असोज, काठमाडौं  नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ ।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो मात्रै मतदान सकिएको थियो ।

अहिले मतदान सकिएर मतपेटिका संकलनको काम भइरहेको छ । मतगणना आजै सुरु गर्ने वा के गर्ने भन्नेबारे निर्क्यौल भइसकेको छैन ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?