२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ । मतपेटिकाका सन्दर्भमा सिर्जना भएको विवाद साम्य भएपछि अहिले साढे ७ बजेबाट मतगणना प्रक्रिया सुरु भएको हो ।
यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।
तर, उम्मेदवार र प्रतिनिधिले एक मतपेटिका कम भेटिएको र दुई मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै मतगणना अघि बढ्न सकेको थिएन ।
अहिले विवाद समाधान भएसँगै मतगणना प्रक्रिया अघि बढेको एक उम्मेदवारले जानकारी दिए ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4