+
+
Shares

मतदानबारे कांग्रेसका उम्मेदवारसँग निर्वाचन समितिको छलफल

राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति र महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारसँग केन्द्रीय निर्वाचन समितिले छलफल गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १२:४०

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदानबारे निर्वाचन समितिले छलफल गरेका छन्।

राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति र महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारसँग केन्द्रीय निर्वाचन समितिले छलफल गरेको हो।

छलफल १२ बजेदेखि जारी रहेको महामन्त्रीको उम्मेदवार डिला संग्रौलाले जानकारी दिइन्। उनले मतदानको विषयमा छलफल भइरहेको बताइन्।

कांग्रेसको नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान गर्ने भनिएको छ। तर उक्त समयमा मतदान नहुने भएपछि समितिले उम्मेदवारहरूसँग छलफल गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?