News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला खुलातर्फ वासना थापा ५ हजार १९३ मतसहित सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।
- महिला खुलातर्फ उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा र धनाकुमारी थापासहित विनिता खड्का, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसाल पनि केन्द्रीय सदस्य बनेका छन्।
- कांग्रेसको विधानअनुसार महिला खुलातर्फ १५ जना निर्वाचित हुने व्यवस्था छ, तर १६औं स्थानमा कान्तिका सेजुवाल २ हजार १५५ मतसहित रहेकी छन्।
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मतसहित केन्द्रीय सदस्य (महिला खुला) निर्वाचित भएकी छन् । उनी पाँच हजार १९३ मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा केन्द्रीय सदस्य चयन भएकी थिइन् ।
कांग्रेस सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी पनि महिला खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएकी छन् । निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा सदस्य थपलियाले तीन हजार ९७० र प्रदेश सभा सदस्य गिरीले तीन हजार ९०६ मत प्राप्त गरेका छन् ।
पूर्वसांसद कुसुमदेवी थापा र पूर्व राष्ट्रियसभा सदस्य धनाकुमारी थापा पनि महिला खुलातर्फ नै केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनीहरूले क्रामशः तीन हजार २५० र तीन हजार २३१ मत ल्याएका छन् ।
यस्तै इजरायल ठगी प्रकरणमा मुछिएकी विनिता खड्कासँगै अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसाल पनि केन्द्रीय सदस्य बनेका छन् ।
निर्वाचन समितिले खड्काको पक्षमा दुुुई हजार ८६६, देवकोटाको पक्षमा दुई हजार ८५३, पाण्डेका पक्षमा दुई हजार ७०० मत खसेको छ । नेतृ अधिकारी र भुसालले क्रमशः दुई हजार ६५८ र दुई हजार ५१४ मत पाएकी छन् ।
यसैगरी चिनी पोखरेल (चिनु) दुई हजार ४२०, कल्पना तिवारी दुई हजार ३६३, रिता थापामगर दुई हजार ३०८, गंगा दाहाल दुई हजार २९८ र उमा दाहाल दुई हजार २१५ मतले केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
केन्द्रीय सदस्य (महिला खुला)मा ३६ जना चुनावी प्रतिष्पर्धामा थिए । कांग्रेसको विधानअनुसार यो क्लस्टरअन्तर्गत १५ जना निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन समितिका अनुसार १६औं स्थानमा पूर्वसांसद कान्तिका सेजुवाल रहेकी छन् । उनले दुई हजार १५५ मत प्राप्त गरेकी छन् । नेतृ सेजुवाल २ असोजमा देउवा समूह छाडेर मूलधारमा फर्किएकी थिइन् ।
प्रतिक्रिया 4