News Summary
Generated by OK AI. Editorially reviewed.- प्रमुख सचेतक बासना थापा र अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच काठमाडौंमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा र जनस्तरीय सम्बन्धबारे छलफल भएको छ।
- थापाले दुई देशका सांसदबीच नियमित संवाद, अनुभव आदानप्रदान र नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूहको प्रभावकारी परिचालन गर्नुपर्ने बताइन्।
- राजदूत अन्स्र्टले शिक्षा, मानव संसाधन विकास र संसदीय सहकार्यका क्षेत्रमा अष्ट्रेलियाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो।
भेटमा प्रमुख सचेतक थापाले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप बलियो बनाउन संसदीय तहको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले दुवै देशका सांसदबीच नियमित संवाद र अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन्।
थापाले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुई देशका सांसदबीचको संस्थागत सम्बन्ध विस्तार गर्नुपर्ने बताइन्। साझा हितका विषयमा सहकार्य र पारस्परिक समझदारी बढाउन संसदीय मैत्री समूह महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ थियो।
त्यस अवसरमा उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गरिन्। विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले पुर्याएको योगदानप्रति उनले आभार व्यक्त गरिन्।
थापाले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्।
भेटमा थापाले राजदूत अन्स्र्टमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरिन्।
भेटवार्तामा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्य र जनस्तरीय सम्बन्ध महत्वपूर्ण रहेको बताए। उनले शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न अष्ट्रेलियाका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया 4