+
+
Shares

पानमामा शक्तिशाली भूकम्प, आपत्‌काल घोषणा

शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानमाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पानमाले शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक र सार्वजनिक भवनमा क्षति भएपछि राहत तथा उद्धार व्यवस्थित गर्न आपत्काल घोषणा गरेको छ।
  • मङ्गलबार बिहान पानमामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ।
  • शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि १४७ परकम्प आएका छन्, र राष्ट्रपति जोस राउल मुलिनोले राहत समन्वयका लागि आयोग गठन गर्न निर्देशन दिनुभएको छ।

२७ असोज, पानमा सिटी (रासस/एएनआई)। शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानमाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ । यसैबीच, मङ्गलबार बिहान पानमामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ ।

यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६.१ र ६.६ म्याग्निच्युडसम्मका थिए । भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तरपश्चिममा रहेको थियो । सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा भएको छ भने पानमा सहरमा पनि क्षति पुगेको छ । प्रारम्भिक विवरणमा केही मानिस सामान्य घाइते भएको जनाइएको थियो ।

राष्ट्रपति जोस राउल मुलिनोले राहत कार्य समन्वय गर्न, स्रोतसाधन व्यवस्थापन गर्न र प्रभावित समुदायका आवश्यकता सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिनुभएको छ । सरकारले चन्दा सङ्कलन केन्द्र स्थापना गर्नुका साथै प्रभावित क्षेत्रका अस्पतालमा बिरामीलाई बाहिर निकालेर उपचारको व्यवस्था गरेको छ ।

भूकम्पपछि दुई मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो भने देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सावधानीका लागि अस्थायी रूपमा बन्द गरी पछि पुनः सञ्चालनमा ल्याइएको थियो ।

अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो । अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि खतरा नरहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?