News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ।
- भेटमा आर्थिक तथा लगानी सहकार्य, साउथ–साउथ सहकार्य र बहुपक्षीयता सुदृढ गर्ने विषयमा विचार आदानप्रदान भएको छ।
- उनीहरूले नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य बढाउने विषयमा पनि जोड दिएका छन्।
२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो ।
उनीहरूबीच नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो ।
जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिएका थिए ।
जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए ।
प्रतिक्रिया 4