+
+
Shares

बाढीमा बेपत्ता नागरिकलाई मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा बेपत्ता नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
  • प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले डीएनए परीक्षणको नतिजा आएपछि बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण अझ सहज हुने बताए।
  • उप्रेतीले विपद् ऐन संशोधनपछि ४५ दिनपछि बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सकिने व्यवस्था अनुसार स्वदेशी र विदेशीलाई पनि प्रमाणपत्र दिने तयारी भइरहेको बताए।

२७ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् । उनले बाढीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुँदै जाने बताए ।

विपद् ऐन संशोधन गरी बेपत्ता नागरिकलाई ४५ दिनपछि मृत घोषणा गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै सोही व्यवस्थाका आधारमास्वदेशी तथा विदेशी नागरिकलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको पनि बताए ।

‘हामीले नेपालको विपद् ऐनमा केही संशोधन गरेर फास्ट ट्र्याकबाट मृत घोषणाको कुरा आएको छ । राजपत्रमा प्रकाशित भएको पनि भएको छ । र त्यसलाई आधार मानेर काम गर्न सजिलो पनि भएको छ । बाढीबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ७५ जिल्लाका नजागरिक प्रभावित भएका रहेछन् । यस सम्बन्धमा हामीले ७५ जिल्लाकै प्रमुख जिल्ला अधिककारीसँग छलफल पनि गरेका छौं,’ उनले भने ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट  ७५ जिल्लाका नागरिक प्रभावित भएको उनले उल्लेख गरे । कार्यकारी प्रमुख उप्रेतीले विपद्पछिको पुनर्निर्माणका लागि सरकारले अस्थायी आवास निर्माणको काम अघि बढाइसकेको समेत जानकारी दिए ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा बाढीबाट क्षति भएका क्षेत्रलाई संकटग्रस्त घोषणा गरी पुन:स्थापनाको काम अघि बढाइएको पनि उनले जानकारी दिए ।

‘मृत्यु प्रमाणीकरण गर्ने, मृत्युको डेटबिटी आइसकेको अवस्थाको र अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ ऐनमा जसरी संशोधन भएको छ, त्यही तरिकाले स्वदेशी र विदेशी नागरिकलाई सर्टिफिकेट दिने तयारीमा छौं । यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?