News Summary
Generated by OK AI. Editorially reviewed.- चांगानको नयाँ विद्युतीय एसयूभी निभो क्यू ०५ धनगढीमा सार्वजनिक गरिएको छ र असोज २६ देखि २९ गतेसम्म टेस्ट ड्राइभ हुने छ।
- निभो क्यू ०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
- कम्पनीका अनुसार गाडी १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ र पूर्ण चार्जमा ४०५ किलोमिटर चल्छ।
२७ असोज, धनगढी । चांगानको नयाँ विद्युतीय एसयूभी निभो क्यू ०५ धनगढीमा सार्वजनिक गरिएको छ। एमएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गत धनगढी क्षेत्रको आधिकारिक बिक्रेता ग्लोबल प्रालिले उक्त गाडी सार्वजनिक गरेको हो।
ग्राहकले असोज २६ देखि २९ गतेसम्म कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा आयोजना हुने विशेष कार्यक्रममा निभो क्यू ०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।
सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आतिथ्यमा आयोजित सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि अटोकर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्द, बिक्रेता ग्लोबलका अध्यक्ष हितेश ओझा तथा प्रबन्ध निर्देशक कृष्णदेव उप्रेतीको उपस्थिति थियो।
निभो क्यू ०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो गाडी आरामदायी यात्रा, आकर्षक डिजाइन र आधुनिक प्रविधिलाई प्राथमिकता दिएर विकास गरिएको कम्प्याक्ट विद्युतीय एसयूभी हो।
फराकिलो क्याबिन र आरामदायी यात्रा
निभो क्यू ०५ मा कम्प्याक्ट बाहिरी आकार र फराकिलो क्याबिन रहेको छ। यसको ह्विलबेस २ हजार ७३५ मिलिमिटर छ भने क्याबिन स्पेस उपयोग दर ८६.६ प्रतिशत रहेको छ। पछाडिको सिटमा तीन जना वयस्क यात्रु बस्न सक्ने छन् ।
‘पछाडिको सिटको ढाड अड्याउने भागलाई २८ र ३३ डिग्रीका दुई कोणमा मिलाउन सकिन्छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘सिटलाई आरामदायी यात्राका लागि नौ तहको एर्गोनोमिक संरचनामा तयार गरिएको छ ।’
कम्पनीका अनुसार गाडीमा ५४० लिटर क्षमताको दुई तहमा विभाजित सामान राख्ने ठाउँ, ९० लिटरको भण्डारण कक्ष र २९ वटासम्म सामान राख्न मिल्ने स्थान छन्। त्यस्तै, आवाज तथा कम्पन कम गर्न ६७ भन्दा बढी ध्वनि निरोधक र आवाज न्यूनीकरण बिन्दु राखिएका छन्। केही भेरियन्टमा विद्युतीय सनसेडसहित १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रुफ पनि उपलब्ध छ।
आकर्षक डिजाइन र वायुगति बनावट
कम्पनीका अनुसार निभो क्यू०५ को डिजाइन चांगानका विश्वव्यापी डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जाइसिओराको नेतृत्वमा विकास गरिएको हो। यसको डिजाइनमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञको योगदान रहेको बताइएको छ।
‘फुग्वाङ’ डिजाइन दर्शनबाट प्रेरित यस गाडीमा सन्तुलित बनावट, आकर्षक बाहिरी स्वरूप र ०.२६५ को वायुगति प्रतिरोध गुणांक रहेको छ। सन् २०२६ को गोल्डेन ए डिजाइन अवार्ड प्राप्त गरेको यस एसयूभीमा डिजिटल विङ २.० पूर्ण चौडाइको प्रकाश प्रणाली, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट र अर्धलुकेका प्रिमियम ढोकाका ह्यान्डल छन्।
१५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज
निभो क्यू०५ मा चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत क्याटल ब्याट्री सेल प्रयोग गरिएको छ। यसको तीन गुणा चार्जिङ क्षमताको फास्ट चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ।
यसमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर छ। उक्त मोटरले गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन ८।१ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ। डब्ल्यूएलटीपीसी परीक्षणअनुसार गाडीले एकपटकको पूर्ण चार्जमा ४०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको छ।
आधुनिक प्रविधि र सुरक्षा सुविधा
गाडीमा १४.६ इन्चको १०८० पी टचस्क्रिन, सात न्यानोमिटर प्रविधिमा आधारित एमटीके ८६७५ प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध छन्।
भेरियन्टअनुसार यसमा १८ वटासम्म उन्नत चालक सहायता सुविधा तथा ५४० डिग्री प्यानोरामिक दृश्य प्रणाली पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4