२७ असोज, काठमाडौं । केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनीता खड्काको नाम पार्टीले निर्वाचित सूचीबाट हटाएको छ ।
पार्टी उच्च स्रोतका अनुसार उनले चुनाव जितेको भए पनि अन्तिम नाम प्रकाशनमा उनको नाम छुटाइएको छ ।
‘उनीमाथिको अभियोगमा सफाइ नहुन्जेल उनलाई विजयको प्रमाणपत्र दिइने छैन,’ एक पदाधिकारीले भने, ‘अभियुक्तले बाहिर बसेर आफ्नो मुद्दामा लड्न पाउँछन् भन्नुको अर्थ केन्द्रीय कार्यसमितिमै बसेर लड्न पाउँछन् भन्ने होइन ।’
पार्टी निर्वाचन आयोगका नेताहरूका अनुसार अभियोगमा मुछिएका पात्रहरूलाई विजयी भए पनि प्रमाणपत्र दिइने छैन ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4