News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अल्पसंख्यक तथा अपाङ्गतातर्फका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानबाट सुरु गरिने भएको छ।
- केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्री र एक–एक केन्द्रीय सदस्य पदको मतगणना पनि मंगलबार बिहानदेखि गर्ने तयारी गरेको छ।
- समितिका सदस्य सचिव राजु कटुवालले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताएका छन्।
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अल्पसंख्यक तथा अपाङ्गतातर्फका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले अल्पसंख्यक तथा अपाङ्गतातर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ ।
अल्पसंख्यक तथा अपाङ्गतातर्फ सहममन्त्री (एक पद) र अपाङ्गता र अल्पसंख्यक एक–एक केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना पनि मंगलबार बिहानदेखि हुने समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।
यसैबीच समितिका सदस्य सचिव राजु कटुवालले मंगलबार बिहान ८ बजेबाट खुला केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुने बताएका छन् । निर्वाचन समितिले मतगणनामा खुला केन्द्रीय सदस्यका उम्मेदवारबाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4