+
+
Shares

नेवानिका वाइडबडी जहाज अझै बनेनन्, नारिताको अर्को उडान पनि रद्द

नेवानिले मंगलबारका लागि निर्धारित काठमाडौं-नारिता र नारिता-काठमाडौं उडान रद्द गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमका दुई वाइडबडीमध्ये एक नारितामा ग्राउन्डेड छ भने अर्को इटालीमा मर्मतमा लगिएकाले उडान रद्द भइरहेको छ।
  • निगमले मंगलबारका लागि तय काठमाडौं–नारिता र नारिता–काठमाडौं उडान रद्द गरेको छ।
  • दुई वाइडबडी ग्राउन्डेड हुँदा अहिलेसम्म झन्डै दर्जन उडान रद्द भएका छन् र चाडबाडको मुखमा सयौँ यात्रु प्रभावित भएका छन्।

५ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का ग्राउन्डेड वाइडबडी जहाज मर्मत नहुँदा निरन्तर उडान रद्द भइरहेको छ ।

नेवानिले मंगलबारका लागि निर्धारित काठमाडौं-नारिता र नारिता-काठमाडौं उडान रद्द गरेको छ । जापानको नारितामा एक वाइडबडी जहाज ग्राउन्डेड छ । उक्त जहाज मर्मत सकेर काठमाडौं ल्याउने योजना अनुसार काम नभएपछि उडान रद्द गर्नुपरेको हो । जसले गर्दा चाडबाडको मुखमा यात्रा गर्न टिकट काटेका सयौँ यात्रुको बिचल्ली भएको छ ।

निगमसँग रहेको अर्को वाइडबडी जहाज नियमित मर्मतमा इटाली लगिएको छ । निगमसँग दई वाइडबडी र दुई न्यारोबडी अन्तर्राष्ट्रिय उडान गर्न चार जहाज छन् ।

तीमध्ये दुइटा वाइडबडी ग्राउन्डेड हुँदा अहिलेसम्म झन्डै दर्जन उडान रद्द गर्नुपरेको छ । जसले गर्दा नेवानिलाई करोडौं नोक्सानी पुगेको छ । निगमको न्यारोबडी जहाजले नजिकका दुरीमा मात्र उडान गर्छन् । लामो दुरीमा वाइडबडी जहाज नै आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?