News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच ग्राहक र कर्मचारीलाई डायग्नोस्टिक सेवामा छुट दिने सम्झौता सोमबार काठमाडौंमा भएको छ।
- सम्झौताअनुसार बैंकका कर्मचारी र नजिकका परिवारले नियमित प्याथोलोजी परीक्षणमा २० प्रतिशत, उच्चस्तरीयमा १० प्रतिशत र विशेष परीक्षणमा ५ प्रतिशत छुट पाउनेछन्।
- सामान्य ग्राहकले डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा क्रमशः १०, ५ र ५ प्रतिशत छुट पाउनेछन्।
काठमाडौं । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहक तथा कर्मचारीलाई डायग्नोस्टिक सेवामा छुट दिने सम्झौता भएको छ ।
सोमबार काठमाडौंमा भएको सम्झौतामा नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशी र सिद्धार्थ बैंकका प्रमुख प्रवीण अमात्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका कर्मचारी र उनीहरूका नजिकका परिवारका सदस्यले नियमित प्याथोलोजी परीक्षणमा २० प्रतिशत, उच्चस्तरीय परीक्षणमा १० प्रतिशत र विदेशमा हुने विशेष परीक्षणमा ५ प्रतिशत छुट पाउनेछन् ।
सामान्य ग्राहकले क्रमशः १०, ५ र ५ प्रतिशत छुट पाउनेछन् । छुट पाउन बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।

कर्मचारीको परिचयपत्र अनिवार्य जाँच गरिनेछ । अविवाहित कर्मचारीका बाबुआमा र विवाहित कर्मचारीका श्रीमान÷श्रीमतीसहित दुई जनासम्म सन्तानलाई मात्र परिवारमा समावेश गरिएको छ ।
ल्याबले घरदैलो सेवा पनि दिनेछ । एक हजार रुपैयाँभन्दा माथिका परीक्षणमा १० किलोमिटरभित्र निःशुल्क संकलन हुनेछ भने दूरी बढेसँगै शुल्क लाग्नेछ ।
नेशनल प्याथ ल्याब भारतको एनएबीएलबाट मान्यता प्राप्त कम्पनी हो । यसले नेपालका साथै भारतलगायत अन्य देशका अस्पताल र डाक्टरहरूमा समेत ल्याब रिपोर्टको वैधानिकता सुनिश्चित गर्छ । बैंकका ग्राहक तथा कर्मचारीले यस ल्याबको रिपोर्ट विदेशमा पनि प्रयोग गर्न सक्नेछन् ।
सो सम्झौता दुई वर्षसम्म लागू रहनेछ । ल्याबले आफ्ना आउटलेटमा छुटको जानकारी राख्नुपर्ने र कुनै परिवर्तन गर्नुअघि बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था छ। बैंकले सेवाको गुणस्तरबारे कुनै जिम्मेवारी लिने छैन ।
प्रतिक्रिया 4