News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को ११ महिनामा भ्रमण आय ०.१ प्रतिशतले घटेर ८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ ।
- समीक्षा अवधिमा भ्रमण व्यय १ खर्ब ९३ अर्ब ६५ करोड पुगेको छ भने शिक्षातर्फको खर्च १ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
- भ्रमण आयको तुलनामा व्यय बढी हुँदा मुलुकको खुद सेवा आय ७२ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको बैंकले उल्लेख गरेको छ ।
२९ असार, काठमाडौं । नेपालमा पर्यटकले गर्ने खर्च सामान्य घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्म भ्रमण आय ०.१ प्रतिशत घटेर ८२ अर्ब २२ करोड कायम भएको छ । गत आव सोही अवधिमा भ्रमण आय ८२ अर्ब ३३ करोड थियो । यस अवधिमा भ्रमण व्यय १ खर्ब ९३ अर्ब ६५ करोड बराबर छ ।
गत वर्ष सोही अवधिमा भ्रमण व्यय २ खर्ब ३ अर्ब थियो । शिक्षातर्फको व्यय ११ महिनामा १ खर्ब ३२ अर्ब २३ करोड छ । गत आव शिक्षाका लागि ११ महिनामा १ खर्ब २४ अर्ब ७५ करोड विदेशिएको थियो ।
भ्रमण आयको तुलनामा व्यय बढी हुँदा खुद सेवा आय ७२ अर्ब ५४ करोडले घाटामा छ । गत आव यस्तो घाटा ८२ अर्ब ७८ करोड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4