News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल घुमफिरमा आउने पर्यटकले साउनदेखि असोजसम्म २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन्, जुन गत आवको सोही अवधिभन्दा ३२.७ प्रतिशत बढी हो।
- उही अवधिमा भ्रमण व्यय १५.७ प्रतिशत घटेर ५४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ, जसमध्ये शिक्षातर्फ ३६ अर्ब ६५ करोड खर्च भएको छ।
- आयभन्दा व्यय बढी हुँदा खुद सेवा खाता १९ अर्ब ५५ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
३ मंसिर, काठमाडौं । नेपाल घुमफिरमा आउने पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन–असोज अवधिमा भ्रमण आय ३२.७ प्रतिशत बढेर उक्त रकम बराबर पुगेको हो । गत आव सोही अवधिमा १९ अर्ब २३ करोड बराबर खर्च गरेका थिए ।
तीन महिनामा भ्रमण व्यय भने १५.७ प्रतिशत घटेर ५४ अर्ब ४६ करोड बराबर भएको छ । यसमध्ये शिक्षातर्फको व्यय ३६ अर्ब ६५ करोड बराबर छ ।
गत आव सोही अवधिमा भ्रमण व्यय ६४ अर्ब ५९ करोड थियो । जसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड थियो । सेवातर्फ आयको तुलनामा व्यय बढी हुँदा खुद सेवा खाता भने १९ अर्ब ५५ करोडले घाटामा छ । अघिल्लो आव ३२ अर्ब २७ करोडले घाटामा थियो ।
प्रतिक्रिया 4