+
+
Shares

सलमानको फिल्म ‘मातृभूमि’ ले पायो यूए १६ प्लस सर्टिफिकेट

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलमान खानको फिल्म ‘मातृभूमि’ ले मुम्बई क्षेत्रीय कार्यालयबाट यूए १६ प्लस प्रमाणपत्र पाएको छ।

बलिउड अभिनेता सलमान खानको फिल्म ‘मातृभूमि’ ले केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) बाट प्रदर्शन अनुमति पाएको छ । सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको झडपको पृष्ठभूमिमा फिल्म निर्माण गरिएको छ । यो युद्धप्रधान फिल्मलाई लिएर दर्शकमाझ सुरुदेखि नै उत्सुकता छ।

नाम परिवर्तनदेखि कथावस्तु र प्रदर्शन मितिसम्म जस्ता विषयले यो फिल्म निरन्तर चर्चामा छ । केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) मुम्बई क्षेत्रीय कार्यालयले नोभेम्बर १८ मा ‘मातृभूमि’ लाई यूए १६ प्लस सर्टिफिकेट दिएको हो ।

कति लामो छ ‘मातृभूमि’ ?

बोर्डको वेबसाइटमा उपलब्ध विवरणअनुसार फिल्मको कुल लम्बाइ २ घण्टा ३४ मिनेट १२ सेकेन्ड छ । हिन्दी भाषामा निर्माण गरिएको यस फिल्मको प्रमाणपत्रका लागि सलमान खान भेन्चर्स प्राइभेट लिमिटेडले आवेदन दिएको थियो ।

के छ ‘मातृभूमि’ को कथामा ?

सेन्सर बोर्डले सार्वजनिक गरेको फिल्मको आधिकारिक सारांशमा यसको कथावस्तुबारे पनि जानकारी दिइएको छ । बोर्डले फिल्मलाई ‘दुई मोर्चामा साहसको महागाथा’ भनेको छ ।

फिल्ममा कर्नेल सन्दीप देशको रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर लडिरहेको देखाइनेछ । अर्कोतर्फ उनकी पत्नीले परिवारको जिम्मेवारी सम्हाल्दै अनेक कठिनाइको सामना गर्नेछिन् । सन्दीप देशको सुरक्षाका लागि युद्धभूमिमा लडिरहँदा उनकी पत्नीले उनलाई आफ्नो जिम्मेवारी पूरा गर्ने हौसला दिनेछिन् ।

फिल्मले युद्ध र शान्तिबीचको सम्बन्धलाई पनि उठाएको छ ।

फिल्ममा चिनियाँ सेनाको कमाण्डरको भूमिका नेपाली अभिनेता अनुपविक्रम शाहीले निभाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?