News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले क्यासिनो नियमावली संशोधन गरी साना क्यासिनोलाई तोकिएको मापदण्ड पूरा गरेर स्तरोन्नति गर्न सुविधा दिएको छ।
- पर्यटन विभागका अनुसार साना क्यासिनोले ठूलो क्यासिनो सञ्चालन, खेल क्षेत्र विस्तार र टेबल तथा उपकरण संख्या थप गरेर क्षमता वृद्धि गर्न सक्नेछन्।
- विभागले क्षमता बढाउन चाहने क्यासिनो कम्पनीलाई सम्पर्क गर्न आह्वान गरेको छ।
१८ कात्तिक, काठमाडौं । नेपालमा सञ्चालित साना क्यासिनोले अब स्तरोन्नति हुन चाहे तोकिएको मापदण्ड पूरा गरी सोही प्रक्रियामा जान सक्ने भएका छन् ।
सरकारले क्यासिनो नियमावली संशोधन गरी सोही सुविधा उपलब्ध गराएको छ । पर्यटन विभागका अनुसार सानो क्यासिनो सञ्चालन गरिरहेका क्यासिनोले स्तरोन्नति गरी ठूलो क्यासिनो सञ्चालन गर्न चाहे वा हाल सञ्चालनमा रहेको क्यासिनोको खेल क्षेत्रको क्षेत्रफल बिस्तार गर्न, टेबल तथा उपकरण संख्या थप गरी क्षमता वृद्धि गर्न चाहे नियमावली मार्फत सहजीकरण गरिएको छ ।
विभागले क्षमता बढाउने चाहने क्यासिनो कम्पनीलाई सम्पर्क गर्न आह्वान समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4