News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारको रुपमा राख्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद्ले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको छ।
- सिधै बर्खास्त गर्दा कानुनी जटिलता पर्ने देखिएपछि कार्कीलाई जिम्मेवारीबाट मुक्त गरिएको हो।
१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको हो ।
पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो ।
सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो ।
सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4