News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन्।
- कार्कीले पोलिसी कोअर्डिनेसन कमिटीको बैठक २ बजे बस्ने गरी बोलाएका हुन्।
- डीआईजीहरुलाई किन हेडक्वाटर बोलाइएको हो भन्ने खुलेको छैन।
१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् ।
पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् ।
पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।
‘डीआईजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसक्नु भएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4