२३ असोज, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार दुवै जनाबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा राजदूत बोल्डिनले रसुवा बाढीका कारण बेपत्ता भएका अमेरिकी नागसरक तथा अन्य पीडितहरूको खोजी, उद्धार र पहिचानमा प्रहरीले पुर्याएको योगदानप्रति आभार व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजदूत बोल्डिनले विपद् प्रभावित समुदायलाई अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्याएकी छन् । यस्तै, विपद् प्रतिकार्यसम्बन्धी उपकरण, विपद्पीडितको पहिचानमा प्राविधिक सहयोग तथा र्यापिड डीएनए परीक्षणका सामग्री उपलब्ध गराउने विषयमा पनि राजदूत बोल्डिनले आईजीपी कार्कीलाई जानकारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4