+
+
Shares

मानसरोवरबाट फर्किने पर्यटकलाई एक सातासम्म हिल्सामा पदयात्रा दस्तुर मिनाहा

अध्यागमन विभागका अनुसार रसुवागढी नाका हुँदै प्रवेश गरेका पर्यटकले अब सिन्धुपाल्चोकको तातोपानी नाका र हुम्लास्थित हिल्सा नाकाबाट फर्कने विकल्प छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी नाकाको बाढीका कारण सरकारले मानसरोवरबाट नेपाल फर्कने पर्यटकलाई हुम्लास्थित हिल्सा नाकाबाट प्रवेशमा एक साताका लागि दस्तुर मिनाहा गरेको छ।
  • अध्यागमन विभागका अनुसार ११ भदौदेखि लागू हुने छुट तातोपानी र हिल्सा नाकाबाट फर्कने विकल्पसँगै व्यवस्था गरिएको हो।
  • हिल्सा नाकाबाट फर्कने क्रममा समस्या भए विभागका सूचना अधिकारीमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।

१२ भदौ, काठमाडौं । सरकारले मानसरोवर यात्राबाट नेपालको बाटो हुँदै फर्कने पर्यटकलाई हिल्सा नाकाबाट प्रवेश गर्दा एक साताका लागि दस्तुर मिनाहा गरेको छ ।

अध्यागमन विभागका अनुसार रसुवागढी नाका हुँदै प्रवेश गरेका पर्यटकले अब सिन्धुपाल्चोकको तातोपानी नाका र हुम्लास्थित हिल्सा नाकाबाट फर्कने विकल्प छ ।

हिल्सामा सामान्य अवस्थामा प्रवेश गर्दा भने नेपाल सरकारले निषेधित क्षेत्रको पदयात्राका लागि दस्तुर तिरेपछि मात्र अनुमति दिने गर्छ ।

तर, रसुवागढी नाकामा आएको बाढीले उक्त क्षेत्र हुँदै यात्रा गर्न सम्भव नभएपछि सरकारले हिल्सा नाकाबाट फिर्ता हुनेका लागि सहजीकरण गरेको हो ।

अध्यागमन विभागका अनुसार ११ भदौदेखि लागु हुने गरी एक साताका लागि हिल्सामा दस्तुर छुट दिइएको छ । साथै, सोही क्षेत्रको अनुमतिका लागि विदेशी नागरिक र ट्रेकिङ गाइडको बीमा तथा ट्रेकिङ गाइड सम्बन्धी व्यवस्था समेत अनिवार्य गरिएको छैन ।

सोही भेग हुँदै नेपाल फर्कने क्रममा कुनै कठिनाइ भए विभागका सूचना अधिकारी सहित विभागमा सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?