News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटमध्ये ३१.६८ प्रतिशतमात्र खर्च गरेको छ ।
- कुल ७ अर्ब ६८ करोड रुपैयाँ बजेटमध्ये मन्त्रालयले २ अर्ब ४३ करोड रुपैयाँ हाराहारीमात्र खर्च गरेको प्रगति विवरणमा उल्लेख छ ।
- मन्त्रालयको पूँजीगत खर्च १६.२१ प्रतिशत र चालु खर्च ५४.१४ प्रतिशतमा सीमित हुँदा समग्र बजेट कार्यान्वयनको अवस्था दयनीय देखिएको छ ।
१३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकायको वार्षिक बजेट खर्च दयनीय अवस्थामा रहेको पाइएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको चौथो त्रैमासिकसम्मको प्रगति विवरण अनुसार मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ मा ३१.६८ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।
गत आवका लागि मन्त्रालय र मातहतका निकायको कुल विनियोजन ७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो । खर्च भने २ अर्ब ४३ करोड हाराहारी मात्र भएको छ । यसमध्ये चालु खर्च ५४.१४ प्रतिशत र पूँजीगत खर्च १६.२१ प्रतिशतमात्र भएको देखिएको छ ।
मन्त्रालयले पूँजीगततर्फ सबैभन्दा धेरै बजेट पर्यटन विभाग, पुरातत्व विभाग लगायतबाट खर्च गर्छ । यस वर्ष ती निकायको कमजोर खर्च देखिन्छ । जसका कारण समग्र पूँजीगत खर्च दयनीय बनेको हो ।
मन्त्रालय स्वयंले यस वर्ष २१ करोड ८४ लाख बराबरको बजेट कार्यान्वयन गरेकोमा खर्च भने ९ करोड ३० लाखमात्र गरेको छ । जुन ४२.५८ प्रतिशत हो ।
प्रतिक्रिया 4