+
+
Shares

पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

अध्यागमन विभागले उक्त कार्यमा संलग्न गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार जरिबाना तिराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले अनुमतिविना बेल्जियमका दुई पर्यटकलाई डोल्पोबुद्धतर्फ लैजान खोज्ने गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार जरिबाना तिराएको छ ।
  • विभागले स्थानीय प्रशासनको निर्देशन अवज्ञा गरेको घटनामा संलग्न गाइड अस्मिर भण्डारीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न प्रदेश मन्त्रालयलाई लेखी पठाएको छ ।
  • विभागले प्रचलित कानुन अनुसार मात्र गतिविधि गर्न र गराउन सरोकारवालालाई सचेत गराएको छ ।

१८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने ट्रेकिङ एजेन्सी र गाइडलाई जरिबाना तथा कारबाही गरेको छ ।

बेल्जियमका दुई पर्यटकलाई पदयात्रा अनुमतिविना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको र सोही क्रममा स्थानीय प्रशासनको निर्देशन समेत अवज्ञा गरेको विभागले जनाएको छ ।

यसबारे जिल्ला प्रशासन कार्यालय डोल्पाले पत्रमार्फत विभागलाई जानकारी गराएको थियो । विभागले उक्त कार्यमा संलग्न गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार जरिबाना तिराएको छ ।

सोही घटनामा संलग्न गाइड अस्मिर भण्डारीको व्यावसायिक आचरण तथा पथ प्रदर्शक इजाजतपत्र सम्बन्धित विषयमा आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न प्रदेश मन्त्रालयलाई लेखी पठाइएको छ । विभागले प्रचलित कानुन अनुसार मात्र गतिविधि गर्न/गराउन सरोकारवालालाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?