+
+
Shares

नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एयरलाइन्सले भारत जाने वा भारतबाट सञ्चालन हुने उडानमा क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज र कार्गोमा पावर बैंक बोक्न पूर्ण प्रतिबन्ध लागेको सूचना दिएको छ।
  • भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरअनुसार नेपालबाट भारत जाने यात्रुले पनि अब साथमा पावर बैंक बोक्न पाउने छैनन्।

२७ असोज, काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन् ।

नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो ।

अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

यसअघि दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?