+
+
Shares

एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ११:५६

१७ कात्तिक, काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो ।

उता फिस्टेल एयरको नाइन एन एजेआर हेलिकप्टरभने गोरक्षेपबाट फेरिचे पुगेको थियो ।

दुई हेलिकप्टर नेपाली समय अनुसार ८ बजेर ११ मिनेटमा एक आपसमा ठोक्किएका थिए ।

दुवै हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ भने दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा फिस्टेल हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी हेलिकप्टरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्याण्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन् ।

घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?