+
+
Shares

जारी हिमाल आरोहण सिजनमा १६ सय ३३ ले लिए अनुमति

यस सिजनमा कुल १ सय ९० समूहले आरोहण अनुमति लिएका छन् । जसमा ३ सय ८० महिला छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १६:३९

१३ मंसिर, काठमाडौं । जारी पर्वतारोहण सिजनमा हिमाल चढ्न १ हजार ६ सय ३३ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस सिजनमा कुल १ सय ९० समूहले आरोहण अनुमति लिएका छन् । जसमा ३ सय ८० महिला छन् ।

कुल ५० हिमाल आरोहण गर्न अनुमति जारी भएको विभागको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै मनास्लु आरोहणमा ४३ समूहका १ सय २७ महिला सहित ५ सयले अनुमति लिएका छन् । अमादब्लम  चढ्न ४० समूहका १ सय १६ महिला सहित ४ सय ७६ ले अनुमति लिएका छन् ।

त्यस्तै हिमलुङ हिमाल आरोहण गर्न १३ समूहका २१ महिला सहित १ सय ३० ले अनुमति लिएका छन् । बरुणत्सेमा ६ समूहका ६५ ले अनुमति लिएको विभागको तथ्यांक छ ।

यो सिजनमा आरोहीबाट विभागले ३३ करोड ४२ लाख ८६ हजार ६ सय १७ रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ । यो सिजनमा ७७ देशका आरोही हिमाल चढ्न आएका छन् ।

तीमध्ये फ्रान्सबाट २१ महिला सहित १ सय ५०, चीन ४४ महिला सहित १ सय ४६, अमेरिका ३३ महिला सहित १ सय ३०, रुस ३७ महिला सहित १ सय २४ र बेलायतबाट १६ महिला सहित १ सय १२ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?