१३ मङ्सिर, दमौली (तनहुँ)। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री लम्सालले पुरानै संरचना वा नयाँमा पुल बनाउने निर्णय भइनसकेको बताए । निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । पुलका केही पिल्लर मात्र निर्माण भएका छन् ।
स्थानीयवासीले पुल निर्माणमा भइरहेको ढिलाइप्रति पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । रासस
प्रतिक्रिया 4