News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडीमा स्थानीयले थापेको पासोमा तीन वर्षको चितुवा फसेको छ।
- डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले गए राति चितुवा पासोमा परेको र आज बिहान जानकारी आएको बताउनुभयो।
- चितुवाको उद्धारका लागि सवडिभिजन बन कार्यालय गाजरी र राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा टोलीसँग समन्वय भइरहेको छ।
२९ मंसिर, बैतडी । बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ ।
बैतडीको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।
स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए ।
गए राति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उनले बताए ।
अहिले सवडिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ ।
अगाडिको पट्टीको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।
जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहुँदा समस्या हुने गरेको छ ।
प्रतिक्रिया 4