+
+
Shares

जब भैंसीले मार्‍यो चितुवा

भैंसीसँगको भिडन्तअघि उक्त चितुवाले शनिबार दिउँसो पाँच जना मानिसमाथि आक्रमण गरी घाइते बनाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तर प्रदेशको अमेठीमा भैंसीको आक्रमणमा परी एउटा चितुवा मरेको छ।
  • चितुवाले शनिबार दिउँसो पाँच जना मानिसमाथि आक्रमण गरी घाइते बनाएको थियो।
  • बन विभाग, प्रहरी र प्रशासनको टोलीले चितुवालाई नियन्त्रणमा लिन खोजे पनि सफल हुन सकेन।

१८ साउन, काठमाडौं । सामान्यत: चितुवाले जीवजन्तु मारेको वा सिकार गरेको सुनिन्छ । तर, भारतमा भने यसको ठ्याक्कै उल्टो भएको छ । अपवाद नै हुने यो घटना भारतको उत्तर प्रदेशको हो ।

उत्तर प्रदेशको अमेठीमा भैंसीको आक्रमणमा परी एउटा चितुवा मरेको छ ।

शनिबार अबेर राति अमेठी जिल्लाको मुसाफिरखाना थाना क्षेत्रमा भैंसीको बथानमा पसेर पाडोलाई सिकार बनाउन खोजेपछि भैंसीहरुको समूह चितुवामाथि जाइलागे । भैंसीहरुको आक्रमणमा परी घाइते भएको चितुवा पछि मरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भैंसीसँगको भिडन्तअघि उक्त चितुवाले शनिबार दिउँसो पाँच जना मानिसमाथि आक्रमण गरी घाइते बनाएको थियो ।

अमेठी जिल्लाका मेजिस्ट्रेट (प्रमुख जिल्ला अधिकारी) संजय चौहानले उक्त चितुवाको मृत्यु भैंसीकै आक्रमणबाट भएको पुष्टि गरेका छन् ।

गाउँ पसेको चितुवाले मुसाफिरखाना थाना क्षेत्रको भैंदपुर र बिरईपुर गाउँमा आतंक मच्चाएको थियो । जिल्ला प्रमुख चौहानका अनुसार बन विभाग, प्रहरी र प्रशासनको टोलीले गाँउ पसेको चितुवालाई नियन्त्रणमा लिन खोजेका थिए ।

चितुवा समात्न उनीहरुले जाल बिछ्याएका थिए, घेरामा पिंजडामा समेत राखिएको थियो । ड्रोन र लाइटसमेत प्रयोग गरेर चितुवालाई नियन्त्रणमा लिन खोजेपनि सो प्रयास सफल हुन सकेन ।

अन्तत: चितुवाले मान्छेलाई आक्रमण गर्न थाल्यो । पछि भैंसीको बथानमा छिरेपछि भने अपत्यारिलो तरिकाले भैंसीबाट मारियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?