+
+
Shares

गोठभित्र पसेर चितुवाले मार्‍यो ८ वटा भेँडाबाख्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते ११:४०

२७ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका ५ मा गोठभित्र चितुवा पसेर ८ वटा भेँडाबाख्रा मारेको छ । चंखेली गाउँपालिका ५ को तेलपानी भन्ने स्थानमा गोठमा राखिएका भेँडाबाख्रा चितुवाले मारेको हो ।

दिउँसो चराएर बेलुका गोठमा राखिएका भेँडाबाख्रालाई चितुवा गोठभित्रै पसेर मारेको चंखेली गाउँपालिका ५ का रामचन्द्र तामाङले जानकारी दिए । त्यसबाट २ लाखदेखि साढे दुई लाख बराबरको क्षति भएको तामाङले अनुमान गरे ।

केही महिना अघि पनि चंखेली गाउँपालिका ५ कै पोरी गाउँ भन्ने स्थानमा गोठमै चितुवा पसेर ४५ वटा भेँडा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?