News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ पनि घटेर प्रतितोला १०० रुपैयाँले ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको छ।
१५ वैशाख, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत मंगलबार ३ लाख १ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ घटेको हो । हिजो ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा झरेको छ । गत मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4