News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ पनि बिहीबार प्रतितोला १०० रुपैयाँ बढेर ५ हजार १५५ रुपैयाँ पुगेको छ।
- गत बिहीबार सुनको भाउ २ लाख ९२ हजार ७ सय र चाँदीको भाउ ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
२४ वैशाख, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बिहीबार २ लाख ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ आज तोलामा १०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५५ रुपैयाँ पुगेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4