+
+
Shares

दुई दिनमा ६ हजार घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले १६ वैशाखका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य दुई दिनमा ६ हजार रुपैयाँ घटेको छ, जसमा मंगलबार ३ हजार र बुधबार फेरि ३ हजार रुपैयाँ घटेको हो।
  • चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ९१५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा ३० रुपैयाँ कम हो।

१६ वैशाख, काठमाडौं । दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन मंगलबार २ लाख ९७ हजार ५ सयमा झरेको थियो ।

गत बुधबार ३ लाख ५ सय रुपैयाँमै सुनको कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९१५ रुपैयाँमा झरेको छ । गत बुधबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?