+
+
Shares

सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको नयाँ भाउ प्रतितोला २ लाख ६८ हजार १ सय तय गरेको छ।
  • चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० पुगेको छ।

९ पुस, काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ । प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?