News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ मंसिरका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढेको छ र विगत एक सातामा करिब ९ हजार रुपैयाँ बढेको छ।
- चाँदीको मूल्य पनि बढेर प्रतितोला ३३४५ रुपैयाँ पुगेको छ, जुन असोज ३१ गतेको रेकर्ड नजिकको मूल्य हो।
१२ मंसिर, काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
विगत एक सातामा सुनको भाउ करिब ९ हजार बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ रेकर्ड नजिक पुगेको छ । महासंघले आजका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको छ ।
चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको हो । अघिल्लो दिन ३२८० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको थियो ।
प्रतिक्रिया 4