+
+
Shares

तोलामा ५ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते ११:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले १ मंसिरका लागि सुनको भाउ प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको छ।
  • सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा पुगेको छ।

१ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५५ रुपैयाँमा कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?