News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १३५ रुपैयाँ पुगेको छ।
७ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१०० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१३५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4