News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।
- चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
४ असार, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदीको भाउ प्रतितोला ४ हजार ६५० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4