+
+
Shares

एकैदिन तोलामा साढे ५ हजार घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।
  • चाँदीको भाउ पनि तोलामा २ सय १५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ ।
  • अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१४ जेठ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा बुधबार त्यसको प्रभाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको भाउ ओरालो गतिमा देखिएको छ । गत बिहीबार २ लाख ९३ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ तोलामा २१५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८६५ रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?