News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ।
- बिहीबारदेखि आइतबारसम्म सुनको भाउ प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको छ।
- चाँदीको मूल्य पनि घटेर आइतबार प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ।
३ जेठ, काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ । अघिल्लो दिन पनि ४ हजार रुपैयाँले मूल्य घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार र आइतबार गरी सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार ५ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4