News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
- दुई दिनमै सुनको भाउ प्रतितोला १५ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
- यसैगरी चाँदीको भाउ प्रतितोला ९० रुपैयाँ घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ ।
२८ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । दुई दिनमै सुनको भाउ तोलामा १५ हजार २ सय रुपैयाँ घटेको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक सातामा सुनको भाउ तोलामा २४ हजार ४ सय रुपैयाँ घटिसकेको छ । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला आज ९० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ । यसअघि मंगलबार चाँदी ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4