+
+
Shares

सुनचाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँ बढेर २ लाख ९३ हजार २ सय रुपैयाँ तोकिएको छ ।
  • त्यस्तै चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।

३१ जेठ, काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ  प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ६ सय रुपैयाँ घटेको छ । गत आइतबार सुनको भाउ तोलामा ३ लाख ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ । यसअघि गत आइतबार चाँदी ४ हजार ८९५ रुपैयाँमै कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?