+
+
Shares

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार १ सय पाँच रुपैयाँ पुगेको छ जुन पहिलो पटक ४ हजार नाघेको हो।
  • चाँदीको भाउ शुक्रबारको तुलनामा १ सय रुपैयाँले बढेको छ भने सुनको भाउ १ सय रुपैयाँले घटेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ।

६ पुस, काठमाडौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ ।

अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।

आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?