+
+
Shares

नेपाल-चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा जोशी

नेपाल-चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा मनिषकुमार जोशी निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १२:३२
Listen News
0:00
0:30
🔊

६ पुस,बुटवल । नेपाल-चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा मनिषकुमार जोशी निर्वाचित भएका छन् ।

समाजको आठौं अधिवेशनले भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा डा. ऋषिराम शर्मा, उपाध्यक्षम खिमबहादुर खत्री, महासचिवमा जनकराज पन्त, कोषाध्यक्षमा केशव शर्मा, सचिवमा दीपक गलामी मगर र सह–कोषाध्यक्षमा अच्युतराज गौतम निर्वाचित भएका निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले जानकारी दिए ।

त्यस्तै कार्यसमिति सदस्यमा इन्द्रबहादुर थापा, सानु सापकोटा, नारायणप्रसाद भण्डारी, कुलमणि ज्ञवाली, गोविन्दप्रसाद रेग्मी र गंगा भुसाल निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष नारायणप्रसाद सापकोटाले चीनसँग नेपालीको जनस्तरमा सम्बन्ध विस्तार, नेपालमा चिनिया लगानी र पर्यटक भित्र्याउन र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि २०५९ सालमा समाजको स्थापना भएको बताए ।

नवनिर्वाचित अध्यक्ष जोशीले चिनिया दुतावाससँग सहकार्य गरेर चिनिया पर्यटक बुद्धजन्मस्थल लुम्बिनीमा भित्र्याउन गौतमबुद्ध विमानस्थलमा चीनबाट सिधा हवाई सेवा सुरु गर्न ठोस पहल गर्ने बताए । चीनमा करोडौं बौद्धमार्गी भए पनि सरकारी निकायबाट उचित पहल नहु‍ँदा लुम्बिनी आउने चिनिया पर्यटकको संख्या नगन्य रहेको जोशीले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?