News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ थियो र गत सोमबार २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
- चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ५ रुपैयाँमा झरेको छ भने अघिल्लो दिन ४ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।
४ पुस, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिनको चाँदीको भाउ हालसम्मकै उच्च हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4